Logo

बिजनेस होम

आज हल्का वर्षा मात्र हुने


gdpnepal
   २३ श्रावण २०८२, बिहिबार


काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ देशका केही भूभागमा आज हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ । 

कोसी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । मधेस, कोसी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

कोसी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ पनि सम्भावना रहेको छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहे पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जलवाष्पयुक्त हावाको प्रभाव कमजोर हुँदा वर्षा कम हुन्छ ।

 

प्रकाशित : २३ श्रावण २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह