Logo

सूचना/प्रविधि

कोशी प्रदेशमा डिजिटल भुक्तानी प्रणाली सुरु


GDP नेपाल
   २४ श्रावण २०८२, शुक्रबार


विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भुपेन्द्र राईले प्रदेशमै पहिलो पटक डिजिटल भुक्तानी प्रणालीको शुभारम्भ गरेका छन् ।

उक्त प्रणालीको सुरुवात प्रदेश जन–स्वास्थ्य प्रयोगशालाबाट शुक्रबार गरिएको हो ।

मन्त्री राईका अनुसार अबको समय डिजिटल, सुशासन र पारदर्शिताको भएकाले यो कदम उठाइएको हो । उनले भने,

‘डिजिटल प्रणालीमार्फत छिटो, छरितो र सजिलो रूपमा भुक्तानी गर्ने कार्य सुरु गरेका छौं । चाँडै सबै प्रादेशिक अस्पतालमा यो प्रणाली लागू गरिनेछ ।’

उनका अनुसार यसले नागरिकलाई सरल र सहज तरिकाले सेवा प्रदान गर्न मद्दत गर्नेछ भने सुशासन र पारदर्शिता कायम रहनेछ ।

स्वास्थ्य मन्त्रालयले आगामी चैरणमा अन्य स्वास्थ्य संस्थामा पनि यो प्रणाली विस्तार गर्ने योजना समेत बनाएको जनाएको छ ।

प्रकाशित : २४ श्रावण २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह