Logo

Banner-news

कोरोना कहरबीच सुखद् समाचारः माथिल्लो तामाकोसीको बाँध परीक्षण सफल !


GDP Nepal
   १० चैत्र २०७६, सोमबार


दोलखा । मुलुकभर कोरोना संक्रमणको सन्त्रास फैलिइरहेका बेला राष्ट्रिय गौरबको आयोजना माथिल्लो तामाकोसीबाट भने सुखद सन्देश प्रवाहित भएको छ । निर्माण समय र लागतमा ढिलाइ तथा कहिले सम्पन्न हुने भन्ने अर्को अन्योलका बीच तामाकोसी परियोजना निर्माणमा ऐतिहासिक उपलब्धि हासिल भएको छ ।

समाचारअनुसार तामाकोसी जलविद्युत् आयोजनाको बाँधको परीक्षण सफल भएको छ । आइतबारसम्म बाँधमा पानी जम्मा गरेर गरेर गरिएको परीक्षणका क्रममा कतैबाट पनि पानी चुहावट नभएपछि बाँधको परीक्षण सफल भएको हो ।

गत सातादेखि आयोजनाको बाँधका सबै ढोका बन्द गरेर पानी भर्न सुरु गरिएको थियो । हिजो आइतबार दिउँसोसम्म पानीको सतह १९८७ मिटरसम्म पुगेको छ । यो नै बाँधको सबैभन्दा उच्चतम विन्दु हो ।

बाँधको सतह १९७२ मिटरमा रहेको छ । बाँधका सबै ढोका बन्द गरेपछि बनेपछि डेढ किलोमिटर टाढासम्म पानी जम्मा भएको छ । अहिलेसम्मको परीक्षण सफल भएकाले आफूहरूलाई उत्साहित बनाएको आयोजनाका अधिकारीहरु बताउँछन् ।

रातको समयमा नदीबाट आउँने पानी सबै नदीमै पठाउने गरिएको छ । बाँधको उचाइ नदीको सतहबाट १५ मिटर छ । २०७२ बैशाख १२ गतेको भुकम्पले दायाँतिरको भाग १२ इन्च भासिएपछि त्यहाँ शंका रहे पनि चुहावट नहुँदा आयोजना व्यवस्थापन ढुक्क भएको छ ।

६० मिटर लम्बाइ र २२ मिटर उचाइको बाँध निर्माण भएको छ । बाँधको सतहमुनी ७ मिटर र त्यसभन्दा माथि १५ मिटर उचाइ छ ।

बाँधको परीक्षणको आइतबार दिउँसो ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन र महिला तथा बालबालिका मन्त्री पार्वत गुरुङले स्थलगत निरीक्षण गरेका थिए ।

आयोजना व्यवस्थापनका अनुसार बाँध परीक्षण सफल भएसँगै असारसम्म तामाकोसीबाट केही परिमाणमा विद्युत् उत्पादन हुनेछ । ४५६ मेगावाटको यो आयोजनाको सम्पूर्ण निर्माण कार्य पूरा हुन भने अझै एक वर्षसम्म लाग्नसक्ने जनाइएको छ ।

प्रकाशित : १० चैत्र २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह