Logo

बिजनेस होम

राति देशभर पूर्णतया बदली रहने: दिउँसो कहाँ कहाँ वर्षा ?


gdpnepal
   २८ श्रावण २०८२, मंगलबार


 

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार  आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना छ ।

आज मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । 

दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू–भागका धेरै स्थानमा र मधेस प्रदेशलगायत देशका बाँकी तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।

कोसी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

विभागले राति देशभर पूर्णतया बदली रहने बताएको छ । मधेस प्रदेशलगायत कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका धेरै स्थानमा र बाँकी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । 

मधेस, कोसी र वाग्मती प्रदेशको पहाडी र तराई भूभागको थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । गण्डकी प्रदेशको पहाडी र तराई तथा लुम्बिनी प्रदेशको तराईको भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले बताएको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपालको तराईनजिक छ । त्यसैले तराईमा कतिपय स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको हो । 

प्रकाशित : २८ श्रावण २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह