Logo

बिजनेस होम

आज ६ प्रदेशका केही भूभागमा भारी वर्षा, देशभर बदली


gdpnepal
   २९ श्रावण २०८२, बुधबार


काठमाडौं । आज ६ प्रदेशका केही भूभागमा भारी वर्षा हुने तथा देशभर बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर आज पूर्णतया बदलीको सम्भावना रहेको छ । देशका अधिकांश स्थानमा आज मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, आज मधेस, कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित देशको पहाडी भूभागमा पूर्णतया बदली रहने छ । बाँकी भूभागमा साधारणतया बदलीको सम्भावना छ ।

गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागका स्थानमा र बाँकी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको तथा लुम्बिनी प्रदेशको तराईको भूभागको थोरै स्थान, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मशाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने महाशाखाले बताएको छ ।

 

प्रकाशित : २९ श्रावण २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह