Logo

मुख्य समाचार

‘टाढाका बस्ती र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याउने देन कांग्रेसकै हो’


gdpnepal
   ३० श्रावण २०८२, बिहिबार


शेरबहादुर देउवा

आजको युग विज्ञान र प्रविधिको युग हो । हामी अहिलेको युगलाई डिजिटल युग भन्छौँ । मोबाइल, इन्टरनेट, कम्प्युटर र सामाजिक सञ्जालको माध्यमबाट हरेक दिन करोडौँ मानिसहरू डिजिटल प्लेटफर्महरूमा जोडिएका छन् ।

डिजिटल प्लेटफर्महरू— शिक्षा, स्वास्थ्य, बैंकिङ, हवाई, सरकारी सेवा लगायतका विभिन्न क्षेत्रमा प्रयोग भइरहेका छन् । जस्तै— Facebook, YouTube, TikTok, Instagram, Zoom, Google Meet, ई–बैंकिङ, ई–शिक्षा, ई–सरकार, आदि ।

हामीले यसको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा जिम्मेवार र प्रभावकारी रूपमा गर्न आवश्यक छ ।

सूचना प्रविधिले जनतालाई छिटो, सजिलो र पारदर्शी ढंगले सेवा दिन उल्लेखनीय भूमिका खेलिरहेको छ । घर–घरमा इन्टरनेटको पहुँच, मोबाइल बैंकिङ, अनलाइन फाराम, डिजिटल स्वास्थ्य सेवा तथा डिजिटल शिक्षा— यी सबै प्रविधिमैत्री योजनाहरूले जनताको जीवनशैली सरल, समावेशी र सम्मानजनक बनाउँदै लगेका छन् ।

नेपाली कांग्रेस नेतृत्वको सरकारको अग्रसरतामा जारी भएका दूरसञ्चार सम्बन्धी नीति, ऐन र नियमहरूले आज नेपालका टाढाका बस्तीहरू र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याएको छ । यसका अतिरिक्त प्रविधिको क्षेत्रमा धेरै कामहरु अझै गर्न बाँकी नै छन् ।

हामी सबैले यसको सकारात्मक प्रयोग गरेर व्यक्तिगत, सामाजिक र राष्ट्रिय विकासमा टेवा पु¥याउन सक्छौँ । सचेत, जिम्मेवार र नैतिक प्रयोग नै डिजिटल भविष्यको आधार हो ।

हाम्रो पार्टी, नेपाली कांग्रेस, सधैं नवप्रवर्तन र प्रविधि मार्फत सामाजिक रूपान्तरणको पक्षमा उभिँदै आएको छ ।

नेपाली कांग्रेसले डिजिटल प्लेटफर्मलाई आर्थिक गतिविधि बढाउन, सुशासन कायम गर्न, प्रविधिमा पहुँच पु¥याई विशेष गरी युवा, विद्यार्थी, उद्यमी, किसान, अनुसन्धानकर्ता र समग्र निजी क्षेत्रको सृजनशीलता प्रवद्र्धन गर्न उपयोग गर्ने र जनतालाई केन्द्रमा राखेर उपलब्धि केन्द्रित प्रविधि नीति बनाउने पक्षमा छौं ।

अब हामी सबै मिलेर— प्रविधिमैत्री, नवप्रवर्तनशील र समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको छ ।

डिजिटल प्लेटफर्मले कामलाई सहजता र तिव्रता दिएको छ, समयको बचत गरेको छ, स्रोतमा पहुँच पु¥याएको छ र अझ भनौं विश्वसँग जोडिने अवसरहरु प्रदान गरेको छ ।

यसको सकारात्मक पक्ष हुँदाहुँदै पनि कतिपय कुराहरूमा यसले नकारात्मक असर पनि पु¥याएको छ ।

नागरिकलाई सचेत बनाउँदै प्रविधिको भरपर्दो र सुरक्षित उपयोग गर्नका लागि यस प्रकारको अन्तरक्रियात्मक कार्यक्रमले सहयोग पु¥याउनेछ भन्ने मैले विश्वास लिएको छु ।

डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुरक्षित हुने समस्याहरूको समाधानका लागि सरकार र सरोकारवाला निकायहरूले समयमै ध्यान दिन आवश्यक छ ।

यस प्रकारको अन्तरक्रियात्मक कार्यक्रमले सबैलाई सचेत बनाउने र ठोस नीति निर्माणमा मार्गदर्शन गर्नेछ भन्ने आशा व्यक्त गर्दछु ।

नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागद्वारा आयोजित “डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर” विषयक एक दिने अन्तरक्रियात्मक तालिममा सभापति, संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको संक्षिप्त मन्तव्य

 

प्रकाशित : ३० श्रावण २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह