Logo

विकास / पूर्वाधार

काठमाडौं महानगरले कालीमाटी र कुलेश्वर क्षेत्रका पुलमा चलायो डोजर (तस्वीरसहित)


GDP नेपाल
   ३० श्रावण २०८२, बिहिबार


काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर १३ र १४ स्थित कालीमाटी र कुलेश्वर क्षेत्रमा स्थानीयले बनाएका पुल भत्काएको छ ।

स्थानीयले आफूखुसी अवैध रूपमा निर्माण गरेको भन्दै काठमाडौं महानगरपालिकाले ती पुल भत्काएको हो । स्थानीयल बनाएका पुलका कारण बर्षायाममा पानी जम्ने, फोहोरमैला थुप्रेर बस्ने भएकाले पुल भत्काएको महानगरले जनाएको छ ।

त्यस्तै काठमाडौ महानगरपालिका वडा नम्बर १४ का वडा सदस्य नविन नकर्मीले आफ्नो प्रयोजनको लागि मात्र पुल बनाएको तर त्यसले सबैलाई समस्या गराएकाले पुल भत्काइएको बताए । उनले स्थानीयहरुको गुनासोकै आधारमा पुल भत्काइएको समेत बताए ।

त्यस्तै १४ नम्वरकै महिला वडा सदस्य शोभा खड्काले वडा नम्बर १३ लाई अर्को विकल्प रहेको भन्दै सजिलोको लागि मात्र पुल भएको बताएकि छन् ।

 

प्रकाशित : ३० श्रावण २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह