Logo

मुख्य समाचार

रासायनिक मलका लागि किसान कार्डको व्यवस्था लागू हुने


GDP नेपाल
   ३१ श्रावण २०८२, शुक्रबार


रौतहट । रौतहटका कृषकलाई समयमा सहज तरिकाले रासायनिक मल उपलव्ध गराउन किसान कार्डको व्यवस्था लागू हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटमा बिहीबार प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काको अध्यक्षतामा बसेको सो बैठकले सो निर्णय गरेको हो ।

मल वितरण र कृषि कार्यको सहजीकरणका लागि किसानको नाम, ठेगाना, कृषि बालीको क्षेत्रफल लगायत विवरण समावेश भएको किसान कार्ड लागू गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय भएको प्रजिअ खड्काले बताए ।

उनका अनुसार बैठकले मलको कालोबजारी, जम्माखोरी र कृत्रिम अभाव सिर्जना गर्नेहरूमाथि कडा कानुनी कारबाही गर्ने निर्णय गरेको छ ।

रासायनिक मलको अभाव र कालोबजारीका कारण किसानहरूले समयमै मल प्राप्त गर्न नसकेको गुनासो बढ्दै गएको पछि बैठक बसेको हो ।

रासायनिक मलको माग र आपूर्तिको विस्तृत विवरण १५ दिनभित्र तयार गर्ने, मलको कृत्रिम अभाव रोक्न संयुक्त अनुगमनलाई तीव्रता दिने , रासायनिक मलको तोकिएको मूल्यभन्दा बढीमा बिक्री र सहकारी संस्थाबाहेक अन्य निकायबाट हुने वितरणलाई पूर्णरूपमा निरुत्साहित गर्ने र किसान कार्ड लागु गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासन फाँट प्रमुख रामनरेश साहले जानकारी दिए ।

बैठकमा सुरक्षा निकायका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, जिल्ला कृषि ज्ञान केन्द्रका प्रतिनिधि र किसान अगुवा सहित सम्बन्धित सरोकारवाला निकायका पदाधिकारीहरूको सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित : ३१ श्रावण २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह