Logo

अर्थनीति

अमेरिकासँग ‘ट्रेड, नट एड’को सिद्धान्त लागू हुुनपर्छ: किरणप्रकाश शाख


gdpnepal
   ३१ श्रावण २०८२, शुक्रबार


किरणप्रकाश शाखः
अध्यक्ष, नेपाल अमेरिका चेम्बर अफ कमर्स
संयुक्त राज्य अमेरिका नेपालको प्रमुख व्यापारिक साझेदारहरूमध्ये एक हो । हाम्रो मुख्य निर्यात वस्तुहरूमा कार्पेट, रेडिमेड कपडा, हस्तकला, छुर्पी (डगच्यू), पास्मिना र ऊनी फेल्ट पर्छन् ।

द्विपक्षीय चेम्बरको रूपमा नेपाल अमेरिका चेम्बर अफ कमर्स, नेपाल–अमेरिका व्यापार तथा लगानीसम्बन्धी विषयहरूमा सक्रिय छ । यस वर्ष हामीले उठाएका प्रमुख विषयहरूमा समावेश छन्:

नेपाल–अमेरिका व्यापारका अवसर र चुनौतीहरू — व्यापार र लगानीका सम्भावना तथा अवरोधबारे छलफल,

अमेरिकाको पेटेन्ट तथा ट्रेडमार्क कार्यालय (नयाँ दिल्ली) सँग सहकार्यमा नेपाली औद्योगिक उत्पादनका ट्रेडमार्कसम्बन्धी सेमिनार,

हामीलाई अमेरिकी शुल्क नीतिमा देखिएको हालको अस्थिरताबारे विशेष चिन्ता छ । छिमेकी मुलुकहरूले उच्च शुल्क भोगिरहेका बेला नेपाल अहिले १० प्रतिशत आधारभूत शुल्कको दायरामा छ, जसले अमेरिकी बजारमा निर्यात बढाउन तुलनात्मक फाइदा दिएको छ ।

नेपाल ट्रेड प्रेफरेन्स प्रोग्राम (एनटीपीपी) अन्तर्गत नेपालले अमेरिकी बजारमा ७७ वस्तुमा ३१ डिसेम्बर २०२५ सम्म शुल्कमुक्त सुविधा पाएको थियो । तर राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशद्वारा यो सुविधा खारेज गरियो । नेपाल सरकारले अझै यसबारे कदम चाल्न बाँकी छ ।

२०२५ डिसेम्बरमा एनटीपीपी म्याद सकिँदै गर्दा, अहिले पनि निर्यातकर्ताहरूले १०% आधारभूत शुल्क तिर्नुपरेको छ । यसैले शुल्कमुक्तको व्यवस्था व्यवहारमा लागू छैन ।

नेपाल अमेरिका चेम्बर अफ कमर्सले टिफा (ट्रेड एन्ड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट) परिषद् बैठकका लागि नेपाल सरकारलाई सल्लाह र सुझाव दिइरहेको छ । टिफाअन्तर्गत गरिएका प्रतिबद्धताहरू कार्यान्वयन गर्न पनि हामीले जोड दिइरहेका छौं ।

नेपालको तुलनात्मक रूपमा अनुकूल शुल्क अवस्थामा पनि केही विषयहरू अमेरिकी व्यापार प्रतिनिधि बाट स्पष्ट हुन आवश्यक छ, जसले नेपाल–अमेरिका व्यापार र लगानी अझ सुदृढ बनाउनेछ । कुनै पनि शुल्क निर्धारण गर्दा त्यसको स्पष्ट म्याद तोकिएको हुनुपर्ने हाम्रो आग्रह हो ।

गार्मेन्ट एशोसिएसन नेपाल, कार्पेट निर्यातक संघ र अन्य सरोकारवालासँग सहकार्य गर्दै नेपाल अमेरिका चेम्बर अफ कमर्सले नेपाल सरकारलाई अमेरिकासँग उच्चस्तरीय व्यापार वार्ता सुरु गर्न आग्रह गरेको छ, जसका उद्देश्यहरू छन् ः

नेपालका लागि आधारभूत शुल्कको स्थायित्वबारे ग्क्त्च् बाट आश्वासन प्राप्त गर्ने,

एनटीपीपी उत्पादनहरूमा आधारभूत शुल्कसम्बन्धी न्यायोचित व्यवहारको वकालत गर्ने

एनटीपीपी को म्याद २०२५ पछि बढाउने र नयाँ वस्तुहरू थप गर्ने

हालै नेपाल अमेरिका चेम्बर अफ कमर्स, गार्मेन्ट्स एशोसिएसन र कार्पेट एशोसिएसनका अध्यक्षहरूले परराष्ट्र तथा वाणिज्य मन्त्रीसँग भेट गरी तलका विषयमा जोड दिएका छौं ः

आधारभूत शुल्क र ल्त्एए उत्पादन शुल्कबारे पहल

एनटीपीपी लाभको विस्तार

“ट्रेड, नट एड” दृष्टिकोण — दुवै पक्षको जीत हुने आधारमा व्यापारिक सुविधा

हामीले यूएसटीआरसँग ट्रान्सशिपमेन्ट सम्बन्धी मुद्दामा नेपाल सरकारलाई आश्वासन प्रस्ताव गर्न आग्रह गरेका छौं ः

नेपालका लागि आकर्षक शुल्क रेखा हेर्दा ट्रान्सशिपमेन्टको सम्भावना छ, जुन यूएसटीआरका लागि संवेदनशील मुद्दा हो । यसका लागि ९० र २००० दशकको सुरुवातमा जस्तै नियन्त्रण संयन्त्र विकास गर्न आवश्यक छ, जसमा निजी क्षेत्रको सहभागिता जरुरी छ ।

अमेरिकी पोल्ट्री र पोर्क उत्पादनलाई नेपाली बजारमा प्रवेश दिने व्यवस्था

बौद्धिक सम्पत्ति अधिकार (ट्रेडमार्क) कडाइका साथ कार्यान्वयन

नक्कली लेबल लगाइएका वस्तुमाथि कारबाही, जसले उपभोक्ता र वास्तविक उत्पादकको हित संरक्षण गर्छ ।

२०२३ देखि चेम्बरले आफ्नो पुरस्कार कार्यक्रममार्फत नेपाली निर्यातकर्ताहरूलाई सम्मान गर्दै आएको छ । यस वर्ष हामी आठ वटा पुरस्कार निम्न श्रेणीमा प्रदान गर्दैछौं ः

कार्पेट, रेडिमेड कपडा, हस्तकला, ऊनी फेल्ट, पास्मिना, छुर्पी तथा अमेरिकाबाट सबैभन्दा बढी आयात गर्ने र उत्कृष्ट स्टार्टअप उद्यमी तथा उत्कृष्ट महिला उद्यमीजस्ता विधा रहेका छन् ।

पुरस्कार चयन सम्बन्धित संघको सिफारिस र भन्सार विभागको आयात डेटा आधारमा गरिएको हो । भविष्यमा हामी पुरस्कारका श्रेणी अझ विस्तार गर्ने योजना राख्छौं ।

यो घोषणा गर्न पाउँदा गर्व महसुस हुन्छ कि नेपाल अमेरिका चेम्बर अफ कमर्स परिवारका आठ जना उत्कृष्ट नेताहरूलाई नेपाल सरकारले २०२५ का “व्यावसायिक महत्वपूर्ण व्यक्ति” (सीआईपी) उपाधि प्रदान गरेको छ । उहाँहरुलाई अभिनन्दन गर्न चाहान्छौं । उहाँहरु हुनुहुन्छः श्री पशुपति देव पाण्डे (अध्यक्ष, गार्मेन्ट एशोसिएशन नेपाल), श्री बलराम गुरुङ (अध्यक्ष, नेपाल कार्पेट निर्यातक संघ), श्री रविन्द्र शाक्य (प्रबन्ध निर्देशक, नायो क्राफ्ट), श्री नरेश लाल श्रेष्ठ (अध्यक्ष, नेपाल ऊनी फेल्ट संघ), श्री महेश्वर श्रेष्ठ (सीईओ, एभरेष्ट फ्यासन), श्री कुबेर सापकोटा (प्रबन्ध निर्देशक, माइन्डफुल क्राफ्ट्स), श्री दोर्जे ग्याल्जेन लामा (अध्यक्ष, शाङ्ग्रिला कार्पेट्स), श्री रेशम बहादुर पोखरेल (मनाराम हिमालयन हस्तकला) ।

यी आठ जना सम्मानित व्यक्तिहरू यस वर्षका सम्पूर्ण सीआईपी प्राप्तकर्तामध्ये २७% प्रतिनिधित्व गर्छन् — जसले नेपाल अमेरिका चेम्बरलाई नेपालको अग्रणी व्यापारिक नेतृत्व मञ्चको रूपमा स्थापित गर्छ ।

नेपाल अमेरिका चेम्बर अफ कमर्सका अध्यक्ष शाखले बिहीबार आयोजित साधारणसभामा प्रस्तुत गरेको बिचारको सम्पादित अंश

 

प्रकाशित : ३१ श्रावण २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह