Logo

बिजनेस होम

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मध्यम वर्षाको सम्भावना 


gdpnepal
   ३२ श्रावण २०८२, शनिबार


काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । जसका कारण नेपालमा मनसुनको अवस्था कमजोर रहेको छ ।

महाशाखाकाअनुसार हाल देशको पहाडी भूभागमा साधारणतया मौसम बदली रही सबै प्रदेशका केही स्थानमा हल्का तथा कोशी प्रदेश र लुम्बिनी प्रदेशको एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार, आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र अन्य भूभागमा साधारणतया बदली रहने छ भने लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागलगायत बाँकी प्रदेशको पनि पहाडी र तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

आज राति कोशी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही अन्य भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

प्रकाशित : ३२ श्रावण २०८२, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह