Logo

अर्थनीति

पेट्रोल दुई रुपैयाँले बढ्यो, डिजेल र मट्टीतेलको घट्यो


gdpnepal
   ३२ श्रावण २०८२, शनिबार


काठमाडौं । नेपाल आयल निगमले आज देखी लागू हुने गरि पेट्रोलको मूल्य बढाएको छ । तर डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ । 

नेपाल आयल  निगमले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार पेट्रोल प्रतिलिटर दुई रुपैयाँले बढाइएको हो ।

डिजेल र मट्टीतेल प्रतिलिटर एक रुपैयाँ घटाइएको बिज्ञप्तिमा उल्लेख छ ।  ईन्डियन आयल कर्पोरेसनबाट प्राप्त पत्र अनुसार नयाँ खरिद मुल्यमा पेट्रोल बढेर र डिजेल र मट्टीतेल घटेर आएकाले निगम संचालक समितिको निणयबाट नयाँ सुची जारी गरेको जनाएको छ । 

अब पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ तोकिएको छ । यस्तै, डिजेल तथा मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १४६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४८ रुपैयाँ र तेस्रो वर्गका लागि १४९ रुपैयाँ निर्धारण गरिएको नेपाल आयल निगमले जानकारी दिएको छ । 

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।

 

प्रकाशित : ३२ श्रावण २०८२, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह