Logo

मुख्य समाचार

आज कृष्ण जन्माष्टमी: हिन्दु धर्मावलम्वीहरुले धुमधामका साथ मनाउँदै


gdpnepal
   ३२ श्रावण २०८२, शनिबार


काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी पर्व संसारभरका हिन्दु धर्मावलम्वी र कृष्णका भक्तहरुले भगवान् कृष्णको पूजा आराधना गरी मनाउदैँ छन् । हिन्दु धर्मावलम्वीहरुले आज भगवान कृष्णको जन्मदिवस धुमधामका साथ मनाउने गरेका छन् । 

कृष्ण आजैको दिन कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट जन्म भएको मान्यता रहिआएको छ । कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ ।

कृष्णका कथाहरु र घटनाहरु बृन्दावन, मथूरा र यमुना किनारमा मात्र नभई सम्पूर्ण भूलोकमैं चर्चित छन् । उनि सम्पूर्ण रुपमा आफ्नो व्यक्तित्वका कारण सबैलाई आकर्षण गर्नसक्ने दीव्य व्यक्तिका रुपमा अझै पनि चर्चित छन् ।

कृष्णलाई गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, माखनचोर आदि थुप्रै नामबाट पनि पुकारिन्छ ।

 

प्रकाशित : ३२ श्रावण २०८२, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह