Logo

बिजनेस होम

कोसीका तराई र पहाडी भूभागका भारी वर्षा: अन्यत्र के हुन्छ ?


gdpnepal
   १ भाद्र २०८२, आइतबार


काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । 

विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । 

मधेस, कोसी र वाग्मती प्रदेशको तराई र पहाडी भूभाग तथा बाँकी प्रदेशको पहाडी भूभागको केही स्थानमा तथा बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । 

कोसी र वाग्मती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले राति कोसी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

मधेस प्रदेशलगायत कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभाग र बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । 

कोसी प्रदेशको तराई र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर रहेको छ । तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको विभागले बताएको छ । 

 

प्रकाशित : १ भाद्र २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह