Logo

बिजनेस होम

आज पनि पानी पर्ने: मध्यमदेखि भारी वर्षाको सम्भावना 


gdpnepal
   ३ भाद्र २०८२, मंगलबार


काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । 

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर रहेको छ । मनसुन कमजोर हुँदा धेरै स्थानमा वर्षा हुने छैन । 

तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने रहिरहेको छ ।

विभागले दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । 

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थानहरूमा र मधेस प्रदेशको तराईको एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । 

कोसी र वाग्मती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले राति कोसी, गण्डकीलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

कोसी प्रदेशको पहाडी तथा तराई भूभागलगायत बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा र बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । 

कोसी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।

 

प्रकाशित : ३ भाद्र २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह