Logo

बिजनेस होम

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहितका पहाडी क्षेत्रमा वर्षा हुने


gdpnepal
   ४ भाद्र २०८२, बुधबार


काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधवार (आज) दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलागायत बाँकी पहाडी भूभागमा साधारणतया बदली हुनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

ति स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ । 

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा र तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

मधेस, कोसी, वाग्मती, गण्डकी प्रदेशका तराई र पहाडी भूभागमा थोरै र बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोसी र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ । तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने रहिरहेको छ । 

 

प्रकाशित : ४ भाद्र २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह