Logo

मुख्य समाचार

प्लास्टिकको झोला ब्याण्ड गर्ने तयारीमा ललितपुर महानगरपालिका 


GDP नेपाल
   ४ भाद्र २०८२, बुधबार


काठमाडौं । ललितपुर महानगरपालिकामा जुटबाट बनेका सामग्रीहरुको प्रवद्धन गर्ने हिसाबले कोशा पसलको उद्घाटन भएको छ । 
बुधबार उक्त पसलको उद्घाटन ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले गरेका हुन् ।

सोही क्रममा उनले ललितपुर महानगरपालिकामा प्लास्टिकको झोला ब्याण्ड गर्न लागेको जानकारी गराउदैँ त्यसको सट्टामा कपडाको झोला वितरण गर्ने बताए ।
उनले ललितपुर महानगरपालिकाभित्र ७७ हजार घर भएको भन्दै प्रत्येक घरमा एउटा झोला वितरण गर्ने पनि बताए । 


‘ललितपुर महानगरपालिकामा हामीले प्लास्टिकको झोला ब्याण्ड गर्दै छौँ, त्यसको लागि हामीले टेण्डर निकालेर लोकल्ली मेटेरियल प्रयोग गरेर कपडाको झोला बनाइ सकेका  छौँ । महानगरपालिकाभित्र ७७ हजार घरहरु छन् त्यो प्रत्येक घरलाई हामी एउटा एउटा झोला वितरण गर्न लागेका छौँ ।’ उनले भने ।


उनले तिसको दसकमा नेपालबाट निर्यात हुनेमा जुट इन्डस्ट्री निकै राम्रो रहेको भन्दै जुटबाट बनेका सामग्रीलाई प्रवद्र्धन गर्न कोशा ब्रान्डसँग सहकार्य गर्ने तयार गरेको बताए ।

उनले भने, ‘तिसको दसकमा नेपालबाट निर्यात हुनेमा जुट इन्डस्ट्री निकै राम्रो भएको थियो । जुट अहिले नयाँ नयाँ आयाम थप्न सफल भएको छ । यो कार्यलाई अगाडी बढाउनका लागि ललितपुर महानगरपालिका एउटा हस्तकला नगरी हो । यसको निमित्त हामी उहाँहरुसँग कुन क्षेत्रमा कसरी काम गर्न सकिन्छ हामी तयार छौँ ।  उहाँहरुसँग काम गर्नको निमित्त हामी तयार छौँ ।’


त्यस्तै आर .के गोल्छा ग्रुपका प्रबन्धक निर्देशक राजकुमार गुल्छाले आफ्नो हजुरबुबाले नेपालमा आएर पहिलो विजनेश नै जुटको गरेको हुनाले आफुले पनि यसैलाई प्रथामिकता दिएको बताएका छन् । उनले एउटै छानामुनि ४ हजारभन्दा धेरै कामदारले काम गरिरहेको समेत बताए । 


उनले भने ‘मेरो हजुरबुबाले नेपालमा आएर गरेको पहिलो विजनेश नै जुट हो । अहिले हामीले विभिन्न ह्याण्डिक्राफ्ट हरुका सामान देखि अन्या सामग्री बनाई रहेका छौँ । एउटै छानामुनि आज ४ हजारभन्दा धेरै कामदारले काम गर्ने गरेका छन् । यसमा विराटनगर देखि नै काम भइरहेको छ ।’

प्रकाशित : ४ भाद्र २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह