Logo

राजनीति

भारत र चीनबीच लिपुलेक सीमा व्यापार खोल्न सहमति


GDP नेपाल
   ४ भाद्र २०८२, बुधबार


काठमाडौं । भारत र चीनले मंगलबार द्विपक्षीय सम्बन्धलाई स्थिर बनाउन र तनाव कम गर्न व्यापक प्रयासको एक भागको रूपमा तीन तोकिएका पासहरू मार्फत सीमा व्यापार पुनः खोल्न र प्रत्यक्ष उडान सम्पर्क पुनः सुरु गर्न सहमति जनाएका छन् ।

भारतिय सञ्चार माध्यम टाइम्सअफ इन्डीयाले भारतको दुई दिने भ्रमणमा रहेका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र चिनियाँ विदेशमन्त्री वाङ यीको सह–अध्यक्षतामा सीमा प्रश्नमा विशेष प्रतिनिधिहरूको २४ औं चरणको वार्तापछि यी निर्णयहरू घोषणा गरिएको उल्लेख गरेको छ ।

उनले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चीनमा हुने एससीओ शिखर सम्मेलनमा भाग लिनको लागि निमन्त्रणा समेत हस्तान्तरण गरेका छन् ।

दुईदेश बिच सीमापार आर्थिक गतिविधि बढाउन दुवै पक्षले तोकिएका तीन तोकिएका पासहरू- लिपुलेक, शिपकी ला र नाथु ला मार्फत व्यापार पुनः खोल्न सहमती भएको हो । दुई देशले व्यापार, लगानी प्रवाह र आदानप्रदानलाई प्रवद्र्धन गर्ने र द्विपक्षीय संवाद संयन्त्रहरू पुनः सुरु गर्ने वाचा समेत गरेका छन् ।

नेपालको भुमि लिपुलेकको प्रयोग गर्नेगरी दुई देश बिच व्यापार सहमती भइसक्दा समेत नेपाल बेखबर छ । नेपालले केहि वर्षअघि मात्रै लिपुलेक, कालापानी, लिम्पियाधुरा सहितको नयाँ नक्सा प्रकाशन गरिसकेको छ ।

नेपालको उक्त कद्मलाई वेवास्ता गर्दै आएको भारतले चीनसँग यस्तो सम्झौता गरेर नेपालको भुमि प्रयोग गरेर आफ्नो व्यापर विस्तार गर्ने तयारी गरेको छ । यस सम्बन्धमा हाल सम्म नेपाल सरकारले आफ्नो तर्फबाट कुनैपनि प्रतिक्रिया जनाएको छैन् ।

प्रकाशित : ४ भाद्र २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह