Logo

अर्थनीति

भारत र चीनको हेपाहा व्यवहारविरुद्ध नेपाल: लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग


gdpnepal
   ५ भाद्र २०८२, बिहिबार


काठमाडौं । परराष्ट्र मन्त्रालयले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट रहेको जनाएको छ । 

भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै व्यापार पुनः सुचारु गर्ने सहमति गरेपछि नेपालले यस्तो प्रतिक्रिया जनाएको हो ।

“नेपालको संविधानमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट छ,” परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण र विस्तार, सीमा व्यापार जस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गर्दै आएको पनि मन्त्रालयले उल्लेख गरेको छ ।  

”उक्त क्षेत्र नेपाली भू–भाग रहेको विषय मित्रराष्ट्र चीनलाई समेत जानकारी गराइसकिएको बेहोरा पनि अवगत नै छ,” मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । 

नेपाल–भारतबीच रही आएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार ऐतिहासिक सन्धि–सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा दुवै देशबीचको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ । 

 

प्रकाशित : ५ भाद्र २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह