काठमाडौँ । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१र८२ को चौथो त्रैमासमा ५० करोड ३ लाख रुपैयाँ खुद नाफा आजृन गरेको छ ।
बैंकको लाभांश वितरण क्षमतामा उल्लेख्य वृद्धि भई ११.५१ प्रतिशत पुगेको छ। असार मसान्तसम्म ५६ अर्ब २२ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ४५ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । कर्जा प्रवाह अघिल्लो आर्थिक वर्षको तुलनामा ५.०५ प्रतिशतले वृद्धि भएको हो ।
शेयरधनी कोषमा प्रतिफल ११.७९ प्रतिशत पुगेको बैंकको कर्जा–निक्षेप अनुपात ८३.९८ प्रतिशत छ । नेपाल राष्ट्र बैंकले तोकेको सीमा भित्रै रहेको खराब कर्जा अनुपात ४.८६ प्रतिशत मात्र छ भने पुँजी पर्याप्तता अनुपात पर्याप्त रहेको बैंकले जनाएको छ । यसले गर्दा आगामी दिनमा व्यवसाय विस्तारमा कुनै पुँजीगत दबाब नरहने देखिन्छ ।
वित्तीय विवरणअनुसार २०८१/८२ को आषाढ मसान्तसम्म बैंकको कोष लागत प्रतिशत ४.५६ प्रतिशतमा झरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.४७ प्रतिशत कम हो । कोष लागत घटेसँगै बैंकको आधार दर पनि घटेर २०८२ साल साउन मसान्तसम्म ६.५४ प्रतिशतमा पुगेको छ । यसले गर्दा ऋणीहरूले लिने कर्जाको ब्याजदर पनि तुलनात्मक रूपमा कम हुने भएकाले सोको प्रत्यक्ष लाभ ग्राहकले पाउने भएका छन् ।
बैंकले हालै आफ्नै मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’ मा भर्चुअल क्रेडिट कार्डको सुविधा सुरु गरेको छ । “सबल बैंक, सफल सहकार्य” भन्ने नारासहित गुणस्तरीय वित्तीय सेवा घरदैलोमा पुर्याउँदै आएको बैंकसँग देशभर १०३ शाखा र ८ लाखभन्दा बढी ग्राहक रहेको छ ।










प्रतिक्रिया