Logo

राजनीति

युगान्डाको अवैतनिक वाणिज्य दूतमा उद्यमी विनय उपाध्याय नियुक्त


GDP नेपाल
   ५ भाद्र २०८२, बिहिबार


काठमाडौँ । नेपालका लागि युगान्डाको अवैतनिक वाणिज्य दूतमा उद्यमी विनय उपाध्याय नियुक्त भएका छन् । 

उनलाई औपचारिक रूपमा परराष्ट्र मन्त्रालयले बुधबार नियुक्ति पत्र हस्तान्तरण गरेको हो । 

उपाध्याय घरजग्गा तथा आवास विकास र पर्यटन क्षेत्रमा क्रियाशील उद्यमी हुन्। व्यापार र अन्तर्राष्ट्रिय साझेदारीमा आफ्नो दूरदर्शी दृष्टिकोणका लागि परिचित उपाध्यायले नेपालको बढ्दो उद्यमशीलता परिदृश्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् । 

परराष्ट्र मन्त्रालयको नियुक्ति पश्चात उनले कृतज्ञता व्यक्त गर्दै युगान्डा र नेपालबीचको सम्बन्धलाई सुदृढ पार्न आफूले हर सम्भव प्रयास गर्ने बताए ।

उनले भने “म यो विशेष पहललाई पूर्ण प्रतिबद्धताका साथ लिनेछु र भविष्यमा हाम्रा दुई देशहरूबीचको द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन काम गर्नेछु,” ।

उनको नियुक्तिले युगान्डा र नेपालबीच व्यापार, पर्यटन, लगानी र सांस्कृतिक आदानप्रदान जस्ता क्षेत्रहरूमा गहिरो सहकार्यको लागि बाटो खोल्ने अपेक्षा गरिएको छ।

 

प्रकाशित : ५ भाद्र २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह