Logo

बिजनेस होम

अघिल्ला दुई दिनभन्दा आज बढी वर्षा हुने


gdpnepal
   ६ भाद्र २०८२, शुक्रबार


 

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रवार (आज) दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना छ । 

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी तराई भूभागको थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराई र पहाडी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले अघिल्ला दुई दिनको तुलनामा आज बढी वर्षा हुने सम्भावना रहेको हो ।

विभागले राति देशका पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

देशका पहाडी भूभागका केही स्थानमा र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले बताएको छ । 

प्रकाशित : ६ भाद्र २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह