Logo

बिजनेस होम

आज देशैभर बदली हुने: मध्यमदेखि भारी वर्षाको सम्भावना 


gdpnepal
   ७ भाद्र २०८२, शनिबार


काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । 

देशका पहाडी भूभागका केही स्थानमा र तराईको थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । 

देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ । काठमाडौंमा बिहानैदेखि वर्षा भइरहेको छ । 

लुम्बिनी प्रदेशको तराईको भूभाग साथै वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागका अनुसार राति मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी प्रदेशको पहाडी र लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ । बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकोले मनसुन गतिविधि केही बढ्ने देखिएको विभागले बताएको छ ।

 

प्रकाशित : ७ भाद्र २०८२, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह