Logo

बिजनेस होम

मौसम पूर्वानुमान: कतै भारी वर्षा, कतै मध्यम र हावाहुरी


gdpnepal
   ८ भाद्र २०८२, आइतबार


काठमाडौं । आज देशैभर मीसममा बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कतै भारी र कतै मध्यम वर्षाको सम्भावना रहेको छ ।

तराईका कतिपय स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस दिन देशभर साधारणतया बदली (बादल/वर्षा)को पूर्वानुमान छ । वाग्मती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थानमा ‘मध्यम’ वर्षाको सम्भावना छ ।

 तराई भू–भागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

“वाग्मती प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ,” महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ, “मधेस प्रदेशलगायत कोसी प्रदेश र लुम्बिनी प्रदेशको तराई भू–भागमा हावाहुरीको पनि सम्भावना रहेको छ ।”

यस दिन राति मधेस, कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदलीको सम्भावना छ । बाँकी भू–भागमा आंशिक बदलीको पूर्वानुमान छ ।

कोसी, मधेस, वाग्मती, गण्डकीसहित देशका बाँकी पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । बाँकी तराई भू–भागका एक–दुई स्थानमा पनि मध्यम वर्षाको पूर्वानुमान छ । “गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको पनि देशमा प्रभाव रहेको महाशाखाले जनाएको छ ।

 

प्रकाशित : ८ भाद्र २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह