Logo

अर्थनीति

पहिलो महिनामै साढे तीन अर्बभन्दा बढीको स्मार्टफोन आयात


GDP नेपाल
   ८ भाद्र २०८२, आइतबार


काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो महिनामै नेपालमा करीब साढे तीन अर्ब रुपैयाँ भन्दा बढी मूल्यका स्मार्टफोन आयात भएका छन् । चालु आवको साउन महिना भित्र विभिन्न मुलुक बाट ३ अर्ब ४१ करोड ९२ लाख २२ हजार रुपैयाँ बराबरका १ लाख ९८ हजार ३३३ ओटा स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

यस अबधिमा सबैभन्दा धेरै २ अर्ब ६८ करोड ११ लाख ५८ हजार रुपैयाँको १ लाख ७५ हजार ८२९ ओटा स्र्माटफोन चीनबाट आयात भएका छन् । नेपालमा चीन, भारत, जर्मनी, क्यानडा बेल्जीयम, हङकङ, जापान, थाइल्यान्ड, स्विजरल्यान्ड लगायत मुलुकबाट स्मार्टफोन आयात हुने गर्दछन् ।

अघिल्लो आव २०८१/८२ को सोहि अबधिमा ३ अर्ब ४६ करोड ६३ लाख ५८ हजार रुपैयाँ बराबरका २ लाख २५ हजार १६३ ओटा स्मार्टफोन आयात भएका छन् । यस अबधिमा सबैभन्दा बढी २ अर्ब रुपैयाँका १ लाख ५५ हजार ओटा स्मार्टफोन चीनबाट आयात भएका छन् ।

प्रकाशित : ८ भाद्र २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह