Logo

विचार/दृष्टिकोण

प्रधानमन्त्री ज्यू ! बिपी राजमार्ग ५ वर्ष चलाउने कि ५० वर्ष ?


appharu
   २० जेष्ठ २०७५, आइतबार


  • भुवन थापा

२ हप्ता अगाडी विपी राजमार्गमा चल्ने ठुला गाडी एकाएक रोकियो । यातायात व्यवस्था विभागको निर्देशन अनुसार अब विपी राजमार्गमा ठुला गाडी चल्न नपाउने भन्ने हल्ला भयो । ठुला भारवाहन मालवाहक गाडीले सडक जीर्ण बनाउँदै लागेको बेलामा उक्त कदमको चौतर्फी स्वागत भयो । तर अहिले कुरा बुझ्दै जाँदा यातायात विभागले मङ्सिर १९ गते दिएको निर्देशनलाई पो आधार मानिएर नौटंकीको लागि एक हप्ता गाडी रोकिएको रहेछ ।  केही समय गाडी रोक्ने , मन्त्रिसामु डेलिकेसन जाने र प्रभावमा पार्ने अनि कागजीरुपमा नयाँ मापदण्ड बनाउने । यातायात व्यावसायिको यो चलेकल अन्ततः एक हप्तामा नै मन्त्री ज्यु रे पुरा गर्दिनु भयो ।

यातायात व्यावसायि,ठेकदार र वारिका  सिन्धुलीका जनप्रतिनिधि यो निर्णयबाट खुसी भए । तर हामी सर्वसाधारणलाई यो मान्य भएन । त्यसपछि कुरा बुझ्दै जाँदा अहिलेसम्म विपी राजमार्गमा शरद अधिकारी , गोविन्द प्रसाद खरेल र ओम बादे गरी तीनवटा अध्यन भएको भेटिएको छ । २०७३ वैशाखमा यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक शरद अधिकारीको नेतृत्वमा भएको अध्यनले खुर्कोट सिन्धुली खण्ड निकै संवेदनशील रहेको र त्यहाँ १० टन भन्दा कम GVW भएका मिनी ट्रक , पिकअप ,टिफर तथा भ्यानहरू जस्ता मालवाहक र सार्वजनिक निर्माण प्रयोजनकाप्रकृति हेरी ४२०० मिमि WheelBase भएका टिफरलाइ अस्थाई पटके दिन सकिने भनेको छ । –

यसको एक वर्षपछि प्राविधिक निर्देशक गोविन्द प्रसाद खरेलको नेतृत्वमा फेरी अध्यन भएको छ । उक्त अध्यन प्रतिवेदनले पनि माथिल्लो अध्यन प्रतिवेदनए जस्तै १८ सिट क्षमताको सवारी र १० टन भन्दा कम भएका मालवाहक गाडीलाई मात्र अनुमति दिने र अरू सवारी साधनलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउनुपर्छ भनेको छ । तर गोविन्द खरेलकै प्रतिवेदनले १३० वटा मिनीबस र २०० वटा जिपहरूलाई परीक्षण कालमा रहने गरी रुट इजाजत दिने र ६ महिनाको परिक्षणकाल पछि उक्त  सडक खण्डको सवारी आवागमनमा आएको सहजता वा उत्पन्न भएको जटिलता अध्यन गरी प्रतिवेदन पेस गर्ने तथा ४२०० मिमि Wheelbase भएका सवारी साधनलाई अनुमति दिन उपयुक्त हुने वा नहुने सम्बन्धमा समेत अध्यन गरी प्रतिवेदन पेस गर्ने भनिएको छ ।

त्यसपछि व्यापरिको रोहोबरमा ओम बादेको नेतृत्वमा अर्को अध्यन टोली गठन भयो र उक्त अध्यन टोलीले ३८ सिट क्षमताको बस र सबै प्रकारका मालवाहक गाडी निर्वाधरुपमा चलाउन मिल्ने प्रतिवेदन होटेलको कोठामा बनाएर पेस गरियो । जुन प्रतिवेदन हावादारी भनेर यातायात व्यवस्था विभागले समेत लागु गर्न नसकिने यातायात व्यवस्था विभागको एक जना मेकानिकलइन्जीनियरले हामीलाई बताउनुभयो। ओम बादेको प्रतिवेदन बुझैसकेपछी पनि मङ्सिर १८ गते १० टन GVW भन्दा काम भएको मात्र गाडी चलाउन यातायात व्यवस्था विभागको निर्देशन आउँनुले पनि ओम बादेको प्रतिवेदन खारेज गरिएको र त्यो भन्दा अगाडिको प्रतिवेदन नै लागु गरिएको प्रस्ट हुन्छ ।

सरकारको फट्याई

विविसी सेवाको बिहानी पखको कार्यकर्ममा यातायात विभागका कामु महानिर्देशक प्रेमकुमार सिंहले गठ वर्ष गठित उच्स्तरीय कमिटीको प्रतिवेदन अनुसार नै अहिलेको नयाँ मापदण्ड आएको बताउनु भयो । र यायातात मन्त्री रघुबीर महासेठले पनि मन्त्रालयमा हामीसँगको भेटमा यहीँ कुरा दोर्याउनु भयो । तर गठ वर्ष गठित ओम बादेको प्रतिवेदनले ३८ सिट सम्मको बस र १२ चक्के ट्रकको नै अनुमति दिएको छ । यदि बादेको प्रतिवेदनलाई आधार मानिएको भए अहिले ३२ सिटको बस र ४२२५ मिमि Wheelbase को मालवाहक गाडीको मापदण्ड कसरी तोकियो ? त्यसैले व्यापारीको चलखेल र व्यावसायिककै प्रभावमा परेका केही प्राविधिकको मौखिक सुझावमा पछिल्लो मापदण्डआएको प्रस्ट भएको छ । यो मापदण्ड कुनै पनि उच्चस्तरीय प्रतिवेदनलाई आधार मानेर आएको हैन् ।

बिपी राजमार्गमा सरकारको मनपरीविरुद्ध सुरु भएको अभियानका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा थापासहितको  टीम । तस्बिर :थापाको फेसबुकबाट

अहिलेको भ्रम

अहिलेले अध्यन टोलीले सिफारिस गरेको मापदण्ड लागु गरिए – रामेछाप र दोलखामा ढुवानी नै बन्द हुने  – सिन्धुलीको गाउँघरमा समेत खाद्यान्न ढुवानी गर्न नसकिने र कृषि उत्पादन ल्याउन नपाइने भर्म छिराएको छ । तर यथार्थ त्यस्तो हैन । विपी राजमार्गमा १० टन भन्दा साना टिफर र मालवाहक गाडी रोक्न न त अधिकारीको प्रतिवेदनले भनेको छ न त् खरेलको प्रतिवेदनले नै । यहाँ जनतालाई उचाल्न केवल भ्रम मात्र छरिएको छ । व्यावारिक रूपमा हामी घर बनाउँदा होस वा खाद्यान्न ढुवानी गर्दा – कहिल्यौ पनि ठुला टिफरको प्रायोग गर्दैनौ । काठमाडौँ समेत घर बनाउँदा रोडा बालुवा ढुवानी गर्ने त्यही सानो टिफरमा नै हो । सामान्यतया सानो टिफरको वजन ५ टनको हुन्छ । र त्यसले थप ५ टन बोक्दा कति सिमेन्ट बालुवा र खाधान्न बोक्छ हिसाब गरौँ !!! ५ टन चामल बोकिँदा २५० बोरा हुन्छ र २५०० दाना जुनार हुन्छ । यो भन्दा धेरै ढुवानी कति गर्नुपरो ? हामी घर निर्माण गर्दा समेत एक पटकमा १०० बोरा भन्दा धेरै सिमेन्ट झार्दैनौ । त्यसैले घरायसी प्रयोजनका लागि प्रयोग हुने सिमेन्ट,बालुवा,रोडा,धान ,चामल ढुवानी गर्न गाडी सबै मापदण्ड भित्र नै पर्छ । यो हामी सबैले बुझ्न जरुरी छ । – २८ सिट क्षमताको मानिबस सञ्चालन गर्न गोविन्द खरेलको प्रतिवेदनले पनि दिन भनिसकेको छ – र यात्रुवाहक साना बस निर्वाधरुपमा चल्न दिनुपर्छ जुन जति धेरै मान्छे बोके पनि निर्धारित भारवाहन क्षमता भित्र नै पर्छन । आखिर अहिले भनिएजस्तो केही ठुला गाडीमा ढुवानी गरीएपानी कारखानाबाट ७०० बोरा सिमेन्ट एकैपटक लान सकिँदैन क्यारे !!!

हामी सचेत हुनुपर्ने कुरा

फागुन ९ गते खुर्कोट नजिक विपी राजमार्ग बग्दा धेरै समय यातायात सञ्चालनमा असहजता आयो । २७ मिटर सडकको पुनर्निर्माण गर्न २ करोड २३ लाख खर्च र छोटो प्रकियाबाट ठेक्का लगाएर दुर्त गतिमा काम हुँदा समेत ४ महिना भन्दा धेरै समय लाग्यो । सडक भत्किएको उक्त खण्ड माथिबाट पुरानो ट्याक भएकोले केही मर्मत गरेर छिटै डाइभर्सन गर्न सजिलो त भयो । – तर पनि एकतर्फी मात्र सवारी पास हुने भएकोले ७ महिना सम्म घन्टौ जामको समस्या झेल्नुपरेको हामी अवगत नै छौ । ५ घण्टाको सिन्धुलीको यात्रा ७ घण्टामा लम्बिएक थियो । खुर्कोट सिन्धुली खण्डको विपी राजमार्गको यस्तो धेरै संवेदनशील ठाउँ छन् जहाँ सडक त्यसरी नै बग्दा डाइभर्सन बनाउन महिनौँ र पुनर्निर्माण गर्न वर्षौँ लाग्ने छ ।

अहिले नेपालथोक खुर्कोट खण्ड पारि पारि मध्यपहाडी लोकमार्ग निर्माणधीन छ र खुर्कोट देखि सिन्धुलीसम्म सुरुंग मार्ग बनाउन बजेट मै आइसकेको छ । – अब अहिले विपी राजमार्गमा मापदण्ड विपरीतको गाडी नरोक्ने हो भने उक्त सडक ५ वर्षपछि जीर्ण बन्दा सुरुङ मार्ग र लोकमर्गको विकल्प भइसके पछि विपी राजमार्गको खुर्कोट नेपालथोक खण्ड पुनर्निर्माण गर्न कसैको प्राथमिकतामा पर्दैन । – २७ मिटर सडक पुनर्निर्माण गर्दा २ करोड २३ लाख खर्च भएको छ । त्यसरी नै १ किलोमिटर मात्र पुनर्निर्माण गर्नु पर्दा ८० करोड खर्च हुने देखिन्छ । यति खर्च गरेर सडकको पुनर्निर्माण गर्ने हैसियत न त स्थानीय तहको नै हुन्छ न त केन्द्रीय सरकारको प्राथमिकतामा नै पर्छ ।

त्यसपछि विपी राजमार्गले छुने गाउँघरका स्थानीय जनता फेरी पुरानै युगमा फर्किने छन् । केही कच्ची सडकको निर्माण भए पनि अहिलेको जस्तो सहज हुने छैन  । एतिहासिक पर्यटकीय गन्तव्य फेरी ओझेलमा पर्ने छ । त्यसैले अब हामीले अहिले धेरै सामान ढुवानी गरेर विपी राजमार्ग ५ वर्ष चलाउने कि थोरै ढुवानी गरेर ५० वर्ष – यसमा हामी गम्भीर हुनुपर्छ । यसमा स्थानीय जनता सचेत हुन् जरुरी छ ।

पेशाले सिभिल इन्जिनियर थापा समृद्ध सिन्धुली अभियानका उपाध्यक्ष हुन् र हामीले यो आलेख उनको ब्लग https://tbhuwan.wordpress.com बाट लिएका हौं ।

प्रकाशित : २० जेष्ठ २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह