Logo

अर्थनीति

बालेनले १५ करोड लिएको कवाड व्यवसायीको आरोपः बालेन र राजु पाण्डेविरुद्ध निर्णायक आन्दोलन गर्ने


gdpnepal
   ९ भाद्र २०८२, सोमबार


काठमाडौं । कवाड व्यवसायी समाज नेपाल विभिन्न पाँच बुँदे माग राख्दै आन्दोलनमा उत्रिएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै समाजका पदाधिकारीहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताए ।

संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती र संरचना भत्काउने कार्यहरू तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौं महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।

त्यसैगरी, कवाड व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौं महानगर प्रहरीले कवाड व्यवसायीमाथि पुर्याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ ।

कवाड व्यवसायी ओम प्रकाश सिंहले काठमाडौं महानगरविरुद्ध अब निर्णायक आन्दोलन गर्ने बताए ।

उनले भने,‘ अब हामी पछाडि हट्ने छैनौं । अब हामी कि त बालेनलाई बाध्य बनाउँछौं । कि गर्छौं, कि मर्छौं भनेर लागिपरेका छौं । हाम्रो आन्दोलन अब सफल भएरमात्रै टुङ्गिनेछ ।’

कवाड आन्दोलन संघर्ष समितिका संयोजक रामकेवल गुप्ताले कवाड व्यवसायीहरुलाई हटाउन काठमाडौं महानगरका मेयर बालेन साहले १५ करोड रुपैयाँ टोकन मनी थापेको आरोप लगाए ।

उनले आफूहरु संवैधानिक अधिकार र सरकारको कानूनभित्र बसेर कर तिरिरहेको बताए ।

उनले काठमाडौंका मेयर बालेनले आफूहरुको पेशा व्यवसाय सकाएको बताउँदै अब बालेन र महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई पनि सकाउने बताए ।

‘हामीले काठमाडौंको मेयरलाई सम्मान दिएको हो । सम्मान दिँदा–दिँदा हामी नै सकिन लाग्यौं । हामी सकिने हो भने बालेन तिमीलाई पनि सकाउने हो,’ उनले भने, “तिमीलाई राजु पाण्डेलाई यही टोलीले सकाउँछौं । महानगरमा छिरेर तल रोडमा घिसार्ने छौं । हामी सकिन लागेका छौं । तिमीलाई पनि सकाउँछौं । कवाड व्यवसायीले जहाँ भेट्छ, त्यही हान्छौं ।’

प्रकाशित : ९ भाद्र २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह