Logo

बिजनेस होम

आज हल्का र मध्यम वर्षा; भोलि भारी वर्षाको सम्भावना 


gdpnepal
   १० भाद्र २०८२, मंगलबार


काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । आज मध्यम वर्षाको सम्भावना रहे पनि भारी वर्षा नहुने ले जनाएको छ । 

बुधबारबाट भने देशका केही स्थानमा भारी वर्षा हुनेछ । 

विभागका अनुसार दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

कोसी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थानहरू र तराईको एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

काठमाडौंमा आज अपराह्नपछि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

विभागले राति देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

न्यूनचापीय रेखा भोलिबाट पुनः उत्तरतर्फ सर्ने सम्भावना रहेको छ । जसका कारण भोलि र पर्सि देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । 

हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा रहेको उनले जानकारी दिए । 

 

प्रकाशित : १० भाद्र २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह