Logo

अर्थनीति

मन्त्रिपरिषदको निर्णयले पाथीभरा मुक्कुमलुङ केबलकारले पाउनेछ राष्ट्रियस्तरको सुरक्षा


gdpnepal
   ११ भाद्र २०८२, बुधबार


काठमाडौं । सरकारले केबलकार आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा निर्धारण गर्ने निर्णय गरेको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा निर्धारण गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश भएलगत्तै निजी लगानीका केबलकारले निर्णय प्रक्रियामा एकद्वार, सुरक्षा लगायतका सुविधा प्राप्त गर्नेछन् ।

यस्ता आयोजनामा राष्ट्रिय सुरक्षाको दृष्टिले जरुरी भए सुरक्षा व्यवस्था सरकारले प्राथमिकतामा गर्ने व्यवस्था छ । यसको लाभ ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारले प्राप्त गर्नेछ ।

पाथीभरा केबलकार निर्माणमा केही समूहले अवरोध उत्पन्न गर्ने प्रयास गरेपछि सरकारले सुरक्षा दिँदै आएको छ । स्थानीयवासी केबलकार निर्माणको पक्षमा रहे पनि मुकुङलुङ संरक्षणको नाउँमा अन्य जिल्ला तथा तराई केन्द्रित दलका नेतासमेत यसको विरोध गरेर राजनीतिक स्वार्थ पूरा गर्न तल्लिन देखिएका छन् ।

सरकारको पछिल्लो निर्णयपछि यसको निर्माणमा कुनै अवरोधबिना समयमै सम्पन्न हुने अवस्था सिर्जना भएको छ ।

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाले सरकारी निकायहरूको ढिला–सुस्ती कम गर्न “सिंगल विन्डो सिस्टम” मार्फत छिटो छरितो स्वीकृति प्रक्रिया पाउँछन् ।

यसबाहेक निर्माण सामग्री आयातमा भन्सार छुट, कर छुट वा सहुलियत पाउने तथा आयोजना बनाउनुपर्ने जग्गा छिटो अधिग्रहण गर्न कानूनी सहुलियतजस्ता सुविधा पाउनेछन् ।

आवश्यक भएमा विदेशी लगानी वा ऋण आकर्षित गर्न सरकारले ग्यारेन्टी दिने तथा संघ, प्रदेश, स्थानीय तह तथा अन्य निकायबीच उच्चस्तरीय समिति मार्फत सीधा समन्वय हुनेछ ।

 

प्रकाशित : ११ भाद्र २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह