Logo

कर्पोरेट-बजार

बेंकार्डो ‘साथ–सहयोग’ कार्यक्रम तथा ‘बेनकार्डो होम सोलुसन भर्टिकल’ उद्घाटन सम्पन्न


GDP नेपाल
   १६ भाद्र २०८२, सोमबार


बुटवल । बेंकार्डोले बुटवलस्थित क्लब डेनोभोमा “बेंकार्डो साथ–सहयोग” कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा डीकेजिएम इन्टरप्राइजेजका प्रा.लि.का निर्देशक किरण ज्ञवालीले सम्पूर्ण च्यानल पार्टनरहरूलाई धन्यवाद ज्ञापन गर्दै बेनकार्डो र डीकेजिएम बिचको एक दशक लामो सफल सहकार्यप्रति आभार व्यक्त गरे ।

“हामीले बिताएको यो दस वर्ष केवल व्यवसायिक यात्रा मात्र नभई विश्वास, सहयोग र साझेदारीको दशक हो”उनले भने ।

सोही अवसरमा कम्पनीका मार्केटिङ प्रमुख नितिक शर्माले बेनकार्डो होम सोलुसन भर्टिकल अन्तर्गतका नयाँ उत्पादनहरू किचेन चिम्नी, किचेन कुकटप र इलेक्ट्रिक गीजर सार्वजनिक गरेका थिए ।

उनले यी उत्पादनहरूको आधुनिक प्रविधि,आकर्षक डिजाइन र उपयुक्त मूल्यबारे प्रष्ट पार्दै भने, “बेंकार्डोको लक्ष्य नेपालमा निरन्तर रूपमा किफायती बाथवेयर र किचेनवेयर उपलब्ध गराउनु हो।”


बेंकार्डो बाथवेयर र बेंकार्डो होम सोलुसन आज मध्यपूर्व, दक्षिण–पूर्व एसिया र दक्षिण एसियामा बलियो रूपमा क्रियाशील बहुराष्ट्रिय ब्राण्डको रूपमा स्थापित कम्पनीहरु हुन् । नेपालमा विगत एक दशकदेखि उपभोक्तालाई सेवा दिँदै आएको बेंकार्डो आज सबैभन्दा रुचाइने ब्राण्डमध्ये एक बन्न सफल समेत भएको छ ।


६० भन्दा बढी च्यानल पार्टनरहरूको उपस्थिति रहेको सो कार्यक्रममा बेंकार्डो र डीकेजिएमका सम्पूर्ण कर्मचारी उपस्थित थिए ।

प्रकाशित : १६ भाद्र २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह