Logo

बिजनेस होम

आज हल्कादेखि भारी वर्षाको सम्भावना


gdpnepal
   १८ भाद्र २०८२, बुधबार


 

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही भूभागमा बुधवार वर्षाको सम्भावना छ । दिउँसो देशभर साधारणतया बदली रहनेछ । 

विभागका अनुसार आज हल्कादेखि भारी वर्षाको सम्भावना छ । 

लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

विभागले राति कोसी र मधेस प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडका थोरै स्थानमा र बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

कोसी प्रदेशको तराई र वाग्मती प्रदेशका पहाडको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ ।

प्रकाशित : १८ भाद्र २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह