Logo

बैंक / बिमा /शेयर

आईपीओ जारी गर्दै दुसित थानी रिसोर्ट, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल


GDP नेपाल
   १८ भाद्र २०८२, बुधबार


काठमाडौं । ओमस्टोन होटेल्स लिमिटेड (दुसित थानी हिमालयन रिसोर्ट) र सिटिजन्स क्यापिटल लिमिटेड बीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।


उक्त सम्झौतामा ओमस्टोन होटेल्स लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रबन्ध निर्देशक रमेशकुमार हमाल र सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटलले दुसित थानी हिमालयन रिसोर्ट (ओमस्टोन होटेल्स लिमिटेड) को प्राथमिक शेयर सार्वजनिक निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

उक्त समारोहमा संस्थापकको तर्फबाट प्रमुख विदेशी लगानीकर्ता विष्णु मोरको उपस्थिती रहेको थियो ।
सन् २०२३ को चौथो त्रैमासिक देखि सञ्चालनमा आएको दुसित थानी काभ्रेपलाञ्चोक स्थित पात्लेखेत, धुलिखेलमा अवस्थित छ । हिमालय र उपत्यकाको मनोरम दृश्यहरू सहितको पहाडको शिरमा रहेको दुसित थानी अन्तरास्ट्रिय ब्रान्डको संरचना र प्रविधि मापदण्डमा निर्मित छ ।
राजधानी काठमाडौंबाट करिब ३८ किमिमा रहेको दुसित थानी शान्तपूर्ण तथा रमणीय वातावरणमा विभिन्न संघ–संस्थाहरुले आफ्नो सम्मेलन, सेमिनार तथा कार्यक्रमहरु पनि गर्ने गरेका छन् ।

प्रकाशित : १८ भाद्र २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह