Logo

बिजनेस होम

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षा


gdpnepal
   १९ भाद्र २०८२, बिहिबार


काठमाडौं । आज वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । 

देशका केही स्थानमा आज मध्यमदेखि भारी वर्षाको सम्भावना छ । केही प्रदेशका केही भूभागमा हावाहुरीको पनि सम्भावना छ ।

दिउँसोभन्दा राति धेरै वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

मधेस प्रदेशको थोरै र लुम्बिनी प्रदेशको तराईको केही स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

विभागले राति कोसी र मधेस प्रदेशको पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना छ । 

कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेको विभागले बताएको छ । 

 

प्रकाशित : १९ भाद्र २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह