Logo

मुख्य समाचार

रोल्वालिङ खोला जलविद्युत् निर्माण सहज बनाउन संसदीय समितिको निर्देशन


GDP नेपाल
   १९ भाद्र २०८२, बिहिबार


काठमाडौं । ९२२ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत् आयोजनाको निर्माण कार्य सहज बनाउन संघीय संसद् प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारलाई निर्देशन दिएको छ ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले प्रवद्र्धन गरेको उक्त आयोजनाबारे सभापति कुसुमदेवी थापाको अध्यक्षतामा बसेको समितिको बैठकमा वन तथा वातावरण मन्त्रालय, अपर तामाकोशी हाइड्रोपावरका पदाधिकारी र सरोकारवालाहरूसँग छलफल भएको थियो ।

छलफलपछि समितिले आयोजना निर्माण सुचारु गर्न आवश्यक वातावरणीय व्यवस्थापन योजना परिमार्जनसहित सहजीकरण गर्न निर्देशन दिएको हो । यससँगै २०७९ साल चैत ५ गते स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन र लगानी सहजीकरणसम्बन्धी कानूनी संशोधनमा सर्वोच्च अदालतको आदेशपछि देखिएको अन्योल समाधानका लागि स्पष्ट नीतिगत निर्णय गर्न सरकारलाई आग्रह गरिएको छ ।

समितिले आयोजना अघि बढाउन पहिले नै सर्वेक्षण अनुमति र उत्पादन अनुमति प्राप्त गरी लगानी गरिसकेका कम्पनीहरूको प्रक्रिया सहज बनाउन तथा कानूनी जटिलता समाधान गर्न वन तथा वातावरण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई आवश्यक पहल गर्न निर्देशन दिएको छ ।

प्रकाशित : १९ भाद्र २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह