Logo

राजनीति

प्रधानमन्त्री ओलीद्वारा गायिका इन्दिरा गोलेको निधनप्रति शोक व्यक्त


GDP नेपाल
   १९ भाद्र २०८२, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका इन्दिरा गोले गुरुङको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले नेपाली लोकगीत र तामाङ सेलोमा आफ्नो सुमधूर परिचय बनाउन सफल गायिका इन्दिरा गुरुङको निधनले दुखी लुल्याएको बताए ।

उनले लेखेका छन्,‘नेपाली लोकगीतमा तामाङ सेलो काठमाडौँ उपत्यका आसपास धेरै लोकप्रिय छ। नेपाली लोकगीत र तामाङ सेलोमा आफ्नो सुमधूर परिचय बनाउनु भएकी गायिका इन्दिरा गोले गुरुङको निधनको दुःखद् खबर सुनें । गायिका इन्दिरा गोलेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै लोकगीतका पारखी र उहाँका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

उनको ५९ वर्षको उमेरमा क्यान्सरका कारण ललितपुरस्थित आपार्टमेन्टमा निधन भएको हो । उनले ५ हजारभन्दा बढी गीतमा स्वर दिएकी थिइन्। इन्दिराले लोकदोहोरी, तामाङ सेलो, देउडा लगायत विविध भाषाका गीतहरू गाएकी छिन्।

प्रकाशित : १९ भाद्र २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह