काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल बिहीबारबाटै बन्द गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले यस्तोे निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको विवादास्पद चीन भ्रमणलगत्तै अमेरिकी लगानीका सामाजिक सञ्जाल कम्पनीहरु बन्द हुनु अर्थपूर्ण देखिएको छ ।
अमेरिका र चीनबीचको बढ्दो तिक्तताबीच नेपालमा अमेरिकी कम्पनीको सेवा बन्द हुनुलाई असामान्य रुपमा हेरिएको छ र यसको परिणाम भयावह हुनसक्ने जानकारहरु बताउँछन् ।
यद्यपि, फेसबुक एक्स लगायतका कम्पनीहरुको सेवा बन्द गर्ने तयारी भने लामो समयदेखि भइरहेको थियो । २०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो ।
सम्बन्धित कम्पनीहरुले अटेरी गरेपछि मन्त्रालयले आजबाट सामाजिक सन्जाल चल्न नमिल्ने बनाउन लागेको हो ।










प्रतिक्रिया