Logo

अर्थनीति

फेसबुकसहित २६ सामाजिक सञ्जाल बन्द गर्न आइएसपीलाई सरकारको लिखित निर्देशन


gdpnepal
   १९ भाद्र २०८२, बिहिबार


काठमाडौं । सरकारले फेसबुकसहित २६ सामाजिक सञ्जाल बन्द गर्न निर्देशन दिएको छ ।

इन्टरनेट सेवा प्रदायक (आइएसपी) र मोबाइल सेवा प्रदायक कम्पनीलाई सम्बोधन गरी नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार बन्द गर्न लिखित निर्देशन दिएको हो ।

२६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्न भन्दै प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेले इन्टरनेट सेवा प्रदायक तथा मोबाइल सेवा प्रदायकलाई पत्र पठाएका हुन् ।

प्राधिकरणले पठाएको पत्रमा भनिएको छ, ‘सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको मिति २०८२÷०५÷१९ को मन्त्रीस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा सूचीकरण नभई नेपालभित्र सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा निष्क्रिय गराउने व्यवस्थाका लागि निर्णयानुसार जानकारी गराइएको छ ।’

प्रकाशित : १९ भाद्र २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह