Logo

बिजनेस होम

दिउँसो मध्यम र राति भारी वर्षाको सम्भावना


gdpnepal
   २० भाद्र २०८२, शुक्रबार


 

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ ।

देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । दिउँसो मध्यम र राति भारी वर्षाको सम्भावना छ । 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ ।

कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको विभागले बताएको छ । 

प्रकाशित : २० भाद्र २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह