Logo

मुख्य समाचार

बालेनले कसलाई भनेका हुन् ‘बहुला’ ?


gdpnepal
   २२ भाद्र २०८२, आइतबार


कठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि हुने प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जनाएको समर्थनले धेरै जेनजी पुस्ता उत्साहित छ ।

उमेर हदका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको उनले सञ्जाल मार्फत जानकारी गराएका छन् ।

बालेनले उमेरकै कारण आफू नजाने बताए पनि विवादास्पद व्यवसायी दुर्गा प्रसाईंले भने आफू सहभागी हुने जनाएका छन् ।

प्रसाईंको उपस्थितिलाई लिएर विभिन्न टीकाटिप्पणी भैरहेका छन् । चैत १५ गते तीनकुनेमा हिंसात्मक आन्दोलन भड्काएका प्रसाईं भोलिको आन्दोलनमा जाँदा यसले आन्दोलनलाई नै दिग्भ्रमित पार्ने बताइएको छ ।

जेनजीको आन्दोलनलाई समर्थन गर्दै प्रसाईजस्ता विवादास्पद पात्रको घुसपैठ रोक्न बालेनले पनि आग्रह गरेका छन् ।

‘भोलिको ¥याली स्पष्ट स्वस्फूर्त रुपमा जेनजीको हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसका लागि म पनि अझै बुढो देखिन्छु । मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ’ बालेनले भनेका छन्, ‘भोलि यो स्वस्फूर्त ¥यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला ! म उमेर हदको कारण जान मिलेन, तर उहाँहरूको कुरा बुझ्न जरुरी छ, मेरो भरपूर समर्थन छ ।’

उनले थप प्रश्न पनि गरेका छन्, ‘प्रिय जेनजी भन्नुस् तपाइँहरुले कस्तो देश देख्न चाहनुहुन्छ ?’

बालेनले दोस्रोपटक पोष्ट एडिट गर्दै बहुला शब्द थपेका छन् । जसले दुर्गा प्रसाईको सहभागितालाई लिएर कटाक्ष गरेको सहजै अनुमान गर्न सकिन्छ ।

प्रकाशित : २२ भाद्र २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह