Logo

मुख्य समाचार

बालकोटस्थित ओलीको निजी निवासमा आगजनी


GDP नेपाल
   २४ भाद्र २०८२, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर बालकोट स्थित निजी निवासमा पनि आगजनी भएको छ ।

प्रधानमन्त्री ओलीको निवासमा आक्रमण गर्न पुगेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको थियो । त्यसपछि आक्रोशित भीडले ओलीको निवास जलाएको हो ।

प्रहरीले चलाएको गोली लागेर तीनजना प्रदर्शनकारी घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।
प्रदर्शनकारीले आगो लगाएपछि बालकोट निवासबाट धुँवाको ठूलो मुस्लो निस्किएको छ । त्यहाँको अवस्था पनि नियन्त्रणबाहिर गइसकेको छ ।

प्रकाशित : २४ भाद्र २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह