काठमाडौं । नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिवद्ध रहेको जानकारी गराएको छ ।
मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै नेपाल र नेपाली जनताको हित एवम सुरक्षाको लागि सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थामा पनि नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिवद्ध रहेको जनाएको हो ।
साथै, नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना प्रतिबद्ध रही आएको भन्दै नेपालमा हाल भइरहेको जेनजी आन्दोलनका विकसित घटनाक्रमहरु वारे नेपाली सेनाले विश्लेषण गरिरहेको पनि जानकारी दिइएको छ ।
यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु सबैको साझा दायित्व भएको भन्दै विद्यमान परिस्थितिलाई जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्न नेपाली सेनाले सम्पूर्ण युवा जनशक्ति र देशवासीलाई अनुरोध पनि गरेको छ ।










प्रतिक्रिया