काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ सरकारको नेतृत्व लिने भएका छन् ।
उनले संसद विघटन गरेर सेनाको सहयोगमा प्रधानमन्त्री बन्ने घोषणा गरेका हुन् ।
बालेनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्:
हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो ।
प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !!
देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो ।
तपाईं–हामी अब संयमित हुनु जरुरी छ ।
अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ ।
तयार रहनुहोला !
साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला ।
तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।










प्रतिक्रिया