Logo

मुख्य समाचार

जेनजीलाई कांग्रेस महामन्त्री थापाले भनेः तपाईंहरूले नै सम्हाल्नुपर्छ, बिग्रन दिनु हुँदैन !


gdpnepal
   २६ भाद्र २०८२, बिहिबार


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको परिस्थिति जेनजीहरुले नै सम्हाल्नुपर्ने बताएका छन् ।

जेनजीका मागहरुप्रति आफ्नो समर्थन रहेको उल्लेख गर्दै ४६ सालपछिको भ्रष्टाचार छानबीन गर्नैपर्ने उनको भनाइ छ ।

संविधानबाहिरबाट समाधान खोज्न खोजिए दुर्भाग्यपूर्ण हुने उल्लेख गर्दै उनले अहिलेको संविधानको निरन्तरता हुनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत एक भिडिओ सन्देश राख्दै थापाले भनेका छन्, ‘यो संविधानको निरन्तरताका बारेमा तपाईंहरूले ख्याल गर्नैपर्छ, हामीले जे कुरा गर्ने हो कहीँ न कहीँ यही संविधानमा टेक्नैपर्छ किनकि सामाजिक सञ्जाल बन्द हुँदै गर्दा हाम्रो समाजले स्वीका गर्दैन भने हाम्रा नागरिक अधिकार खोसेका कुरा कसले स्वीकार गर्छ? फेरि अर्को आन्दोलन हुन्छ ।’

अहिलेको संविधानलाई कायमै राखेर जानुपर्ने उनले बताए ।

‘यो संविधानलाई कायमै राखेर यसभित्र संशोधन र परिमार्जन गरौं, तपाईंहरूले भनेअनुसार गरौं। तपाईंहरूले चलाउने हामी पार्टी सुधार गर्न लाग्छौं, नेतृत्व परिवर्तन गर्न लाग्छौं,’ उनले भने, ‘तर संविधानभन्दा बाहिर गएर समाधान खोज्न थालियो भने अहिले एकछिन त होला केही समयपछि सम्हाल्न नसक्ने हुन्छ ।’

उनले पुनर्निर्माणमा सबैको साथ सहयोग चाहिने पनि बताए। गल्ती गर्नेलाई कानुनअनुसार कारबाही गरिनुपर्ने पनि उनको भनाइ छ ।

‘तपाईंहरूले नै सम्हाल्नुपर्छ, बिग्रँन दिन हुँदैन,’ उनले भने ।

महामन्त्री थापाले माफी माग्दै सुध्रने वाचासमेत गरेका छन् ।

प्रकाशित : २६ भाद्र २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह