Logo

Banner-news

सचिव र पूर्वसचिवको जुहारीलाई अर्का पूर्वसचिव ज्ञवालीले भने: अशिष्ट र अशोभनीय !


GDP Nepal
   २३ चैत्र २०७६, आइतबार


काठमाडौं । पूर्वसचिव भीम उपाध्याय र स्वास्थ्यसचिव यादव कोइरालाबीचको ट्वीटरमा भइरहेको जुहारीलाई अर्का पूर्वसचिव कृष्ण ज्ञवालीले अशिष्टको संज्ञा दिएका छन् ।

पूर्वसचिव उपाध्यायले आइतबारसम्म स्वास्थ्यसचिव कोइरालालगायत उच्च अधिकारीहरु पदमुक्त हुने ट्वीटमा जवाफ दिँदै सचिव कोइरालाले मेलम्चीमा भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

यो पनि हेर्नुहोस्……..

स्वास्थ्यसचिव कोइरालाले पूर्वसचिव उपाध्यायलाई भने: तपाइँजस्तो अहंकारी अपराधी म हैन !

यसलाई जीडीपीनेपाल लगायतका मिडियाले समाचार बनाएपछि प्रशासनिक वृत्तमा हलचल मच्चिएको थियो ।

पूर्वसचिव ज्ञवालीले शनिबार राति ट्वीट गर्दै दुवैको भाषा र शैलीप्रति दुःख व्यक्त गरेका छन् । उनले ट्वीटरमा भनेका छन्ः
सुत्ने बेलामा ट्वीटर खोलेको दुइजना (पूर्व र वर्तमान) सचिवको अशोभनीय जुहारीमा दृष्टि पुग्यो । अति नमज्जा लाग्यो । विषयको उठान, भाषा, शैली, मर्यादा सब अशिष्ट । संयम, शिष्टता र स्वअनुशासन गायब । उच्च पदमा आसीन भइरहेको र भइसकेको व्यक्तिले गर्ने सार्वजनिक सम्वादको शैली यस्तो ।

प्रकाशित : २३ चैत्र २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह