काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मौनता तोडिएको छ । सैनिक नियन्त्रणका रहेको चर्चाबीच राष्ट्रपतिले विज्ञप्ति जारी गर्दै वर्तमान संविधान र लोकतन्त्रप्रति प्रतिवद्ध रहेको जनाएका छन् ।
“मुलुकलाई संबैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु,” उनले भनेका छन् ।
यद्यपि, आफू सेनाको नियन्त्रणमा रहे वा नरहेको भने उनले खुलाएका छैनन् ।
उनको संक्षिप्त सन्देशको पूर्णपाठः
आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु,
देशको अहिलेको बिषम परिस्तिथिमा मुलुकलाई संबैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु। आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु ।
२०८२।०५।२६
रामचन्द्र पौडेल











प्रतिक्रिया