Logo

Banner-news

लकडाउनपछि किन घटे आर्यघाटमा शव ?


GDP Nepal
   २४ चैत्र २०७६, सोमबार


काठमाडौं । केही दिनदेखि काठमाडौंमा एउटा चर्चा छ– निजी अस्पताल बन्द हुँदा काठमाडौं उपत्यकामा मृत्युदर पनि घटेको छ र यसको प्रमाण हो, आर्यघाट पु¥याइने शवको संख्या ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले गत शुक्रबार फेसबुकमा लामो पोष्टसहित सुरु गरेको यो टिप्पणी डढेलोजसरी फैलिएको छ । ढकालले यसका विभिन्न सम्भावनाबारे आकलन गरे पनि अधिकांशले निजी अस्पताल बन्द हुँदा मान्छे मर्ने क्रम घटेको विषयलाई हाइलाइट गरिरहेका छन् ।

हुन पनि तथ्यांकले त्यस्तै देखाउँछ । चैत ११ गते अघिसम्म पशुपतिमा अन्तिम संस्कारका लागि दैनिक ३० देखि ४० शव आउने गरेकामा हाल दैनिक १० देखि १२ शवमात्र आएको देखिन्छ ।

यस्तै, विद्युतीय शवदाहतिर पनि सामान्य दिनभन्दा लकडाउनपछि आधाजसो घटेको बताइएको छ ।

यसरी पशुपति आर्यघाटमा शव घट्नुको कारण निजी अस्पताल नै हुन् त ? धेरैको मथिंगल हल्लाउने यो समाचारको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । लकडाउनका कारण अस्पतालमा आकस्मिक सेवाबाहेक अन्य सेवा भने यतिबेला बन्द छन् ।

तर, योमात्र कारण होइन । अहिले धेरै मानिस राजधानी छोडेर गाउँतिर हिँडेको अवस्था छ भने वाह्य उडान रोकिँदा विदेशबाट शव आउन बन्द भएको छ । यस्तै लकडाउनका कारण सडक दुर्घटनासमेत घटेकाले कम शव आएको हुनसक्ने जानकारहरु बताउँछन् ।

अर्कोतर्फ काठमाडौं आसपासबाट आर्यघाटसम्म शव ल्याउन नै समस्या भएकाले नजिकैका घाटमा जलाउने प्रचलन पनि सुरु भएको छ । जसका कारण उपत्यकाको काँठ क्षेत्रबाट पनि पशुपतिमा शव आउन रोकिएको छ ।

विद्युतीय शवदाह गृहमा शवदाह गर्दा कोषले ४ हजार रुपैयाँ शुल्क लिने गरेको छ । भष्मेश्वर घाटमा दाउराबाहेक शवदाह गरेको १५ सय रुपैयाँ शुल्क लाग्छ ।

यसैगरी, आर्यघाटमा १ हजार ९०० शुल्क लाग्छ । दाउरा भने आवश्यकताअनुसार लाग्ने गर्छ । दाउराको मूल्य प्रतिकिलोको ९ रुपैयाँ रहेको छ ।

प्रकाशित : २४ चैत्र २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह