Logo

मुख्य समाचार

इतिहास रच्दै सुशीला बनिन् प्रधानमन्त्री: जेनजीको रोजाइमा वयोवृद्ध महिला


gdpnepal
   २७ भाद्र २०८२, शुक्रबार


काठमाडौं । सुशीला कार्की इतिहास रच्दै नेपालको प्रधानमन्त्री पदमा नियुक्त भएकी छन् । उनले शुक्रबार नै शपथ ग्रहण गरेकी छिन् ।

जेनजी आन्दोलनपछिको रस्साकसीबीच भएको सहमति अनुसार शीतलनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् ।

गतसाता युवा पुस्ता (जेन–जी)को आन्दोलनको बलमा नियुक्त भएकी उनले साढे दुई अर्थात् आधा पदावधि बाँकी रहेको प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी हुन् ।

नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट जननिर्वाचित संसद् भंग गरेको छ । 

कार्की नियुक्तिको संवैधानिक परीक्षण हुन बाँकी छ भने राजनीतिक रूपमा पनि स्वीकार्य हुने देखिँदैन ।

 

प्रकाशित : २७ भाद्र २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह