काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंमा आज दिउँसो दिनभर बदली हुने भएको छ ।
बदलीसँगै वर्षा हुने विभागले जनाएको छ ।
काठमाडौंमा गएराति मध्यम वर्षा भएको थियो भने बिहानैदेखि वर्षा भइरहेको छ ।
आज दिउँसो र राति पनि वर्षा हुने जनाइएको छ । तर, भारी वर्षाको सम्भावना छैन ।
भोलिबाट वर्षा केही कम हुने जनाइएको छ । तर भोलिबाट मौसम पूरै खुल्ने छैन ।
गएराति लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षामापन भएको थियो ।










प्रतिक्रिया