Logo

Banner-news

कोरोना संक्रमित बेलायती प्रधानमन्त्रीको अवस्था गम्भीर, आईसीयूमा सारियो


GDP Nepal
   २५ चैत्र २०७६, मंगलबार


लन्डन (एजेन्सी): कोरोना संक्रमणको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनको अवस्था गम्भीर बन्दै गएको छ । उनलाई अस्पतालले सघन उपचार कक्ष (आईसीयू)मा सारेको छ ।

५५ वर्षीय प्रधानमन्त्री जोनसनलाई गत आइतबार लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो । चैत १४ गतेदेखि नै उनी आइसोलेसनमा थिए । तर उनको स्वास्थ्यमा सुधार नआएपछि आइतवार अस्पताल भर्ना गरिएको थियो ।

बोरिस जोनसन

बेलायती महारानी एलिजाबेथले पनि प्रधानमन्त्री जोनसनको स्वास्थ्य अवस्थाकाबारे जानकारी लिएकी छन् ।

बीबीसीका अनुसार संक्रमणका लक्षणहरू खराब भएपछि उनलाई अस्पतालको सघन उपचार कक्षमा सारिएको हो । प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रीटलाई उधृत गर्दै बीबीसीले अवस्था गम्भीर रहेको जनाएको हो ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ताले प्रधानमन्त्री जोनसनलाई उनका चिकित्सक टोलीको सल्लाहमा आईसीयूमा सारिएको र उनको उचित हेरबिचार भइरहेको जनाएका छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार सोमबार दिउँसो उनको स्वास्थ्य केही बिग्रिएको र उनको चिकित्सा टोलीको सल्लाहमा उनलाई अस्पतालको सघन उपचार कक्षमा सारिएको हो ।

प्रकाशित : २५ चैत्र २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह