काठमाडौं । जेनजी आन्दोलनका नाउँमा जलाइएको राष्ट्रपति भवन शितल निवासमा सोमबार मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम आयोजना गरियो ।
नवनियुक्त तीन मन्त्रीहरु रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ खुवाए ।
तर, राष्ट्रपति भवनको दृष्य भने निकै टीठलाग्दो थियो । पाल टाँगेर सपथ कार्यक्रम आयोजना गरिए पनि जलेको राष्ट्रपति भवन पालले छेक्न सकेन ।
जताततै कालो धुवाँले कुरुप बनाएको पृष्ठभूमिमा नयाँ नेपालको सपना बोकाइएका मन्त्रीहरुको सपथले कुनै उत्साह दिन सकेको देखिएन ।
नवनियुक्त मन्त्रीहरु खनाल, घिसिङ र अर्यालको मुहारमा केही उमंग देखिए पनि सबैभन्दा बढी निराश राष्ट्रपति पौडेल नै देखिन्थे ।
कार्यक्रम अवधिभर पौडेलमा कुनै जोश र खुसी देखिएन । उपराष्ट्रपति रामसहायप्रसा यादव र प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत पनि त्यति प्रसन्न मुद्रामा देखिएनन ।












प्रतिक्रिया