Logo

विकास / पूर्वाधार

गगने भीरमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध


GDP नेपाल
   १ आश्विन २०८२, बुधबार


सुर्खेत । रातभरीको अवरल बर्षाका कारण कर्णाली राजमार्गको गगने भीरमा पहिरो खसे पछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

कर्णाली राजमार्गको कालिकोट खण्डको गगने भीरमा मंगलबार राति पहिरो खसे पछि राजमार्ग अवरुद्ध भएको हो ।

असार यता गगने भीरमा २८ पटक पहिरो खसेको छ भने राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ति भोग्नु परेको छ ।

वर्षा हुने बित्तिकै गगने भीरमा लेदो र ढुङ्गा खस्ने भएकोले राजमार्ग अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख डिएसपी टेक रावतले बताए ।

‘गगने खोलामा नियमित पहिरो गएपछि बटो खुलाउन कठिन भएको छ’ उनले भने, ‘वर्षा रोकिए पछि बाटो खुलाउने गरि पहल भई रहेको छ ।’ बिहानैदेखि राजमार्ग खुलाउन प्रयास गरिए पनि माथिबाट पुन पहिरो खस्न थालेपछि अहिले काम रोकिएको उनले बताए ।

पहिरो पन्छाउन जेसीभी मेसिन लगाइसकेको र वर्षा नरोकिए पछि राजमार्ग खुलाउन समस्या भएको उनको भनाई छ । राजमार्ग अवरुद्ध भएपछि सुर्खेत जाने गाडी हुल्ममा र सुर्खेतबाट आएका गाडी मालाचौरमा रोकिएका छन् ।

प्रकाशित : १ आश्विन २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह